जिल्लास्तरिय पुरुष खुल्ला डबल ब्याडमिन्टनकाे उपाधी घोराहीका केशव बुढा र हरि केसिको पोल्टामा

दाङ । जिल्ला स्तरिय पुरुष खुल्ला डबल ब्याडमिन्टनकाे उपाधी घोराहीका केशव बुढा र हरि केसिको जोडीले जितेको छ । दाङ तुल्सिपुरको कबहलमा भएको फाइनलमा घोराहीकै हिमान्सु कवर र सुरज गुप्ताको जोडिलाई पराजित गर्दै केशव र हरिको जोडीले उपाधी हातपारेको हो ।दसैंको अबसरमा “भ्वाइस अफ युथले “आयोजना गरेको उक्त प्रतियोगितामा दाङ भरिबाट १७ टाेलिकाे सहभागिता रहेको आयोजकले जनाएको छ। प्रथम हुने टाेलिले खसि ,कप र प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुन सफल टाेलिले लाेकल कुखुरा ,कप र प्रमाण पत्रमा चित्त बुझाएको छ। दाङमा ब्याडमिन्टनकाे बिकासका निम्ति यो प्रतीयोगिता आयोजना गरिएको आयोजक तथा “भ्वाइस अफ युथका” अध्यक्ष झलक बस्नेतले बताउनु भएको छ ।”भ्वाइस अफ युथले” विभिन्न सामाजिक कार्य गर्दै आइरहेकाे बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस