नेकपाका संसदहरुको दसैंभत्ता कोरोना भाइरस संक्रमण रोकथाम, तथा उपचार कोषमा जम्मा गरिने

काठमाडौँ । नेकपाका सांसद र मन्त्रीहरूले दसैँ भत्ता नलिने भएका छन ।

संघीय संसदका सांसदहरुले दसैँ भत्ता लिएको भनेर सामाजिक सन्जालमा आलोचना भएपछी सो रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हन्तातरण गर्ने भएका हुन ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै संघीय सांसदले पाएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी सांसदहरूलाई गराइएको छ।

यसैगरी अब बस्ने मन्त्रिपरिषद बैठकमा पनि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरूले पाउने दसैं भत्ताबापतको रकम पनि कोरोना कोषमा जम्मा गर्ने निर्णय हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस