सावधानीपुर्वक दशैँ मनाउन कार्यक्रमका वक्ताहरुको आग्रह

दाङ,तुलसीपुर । कोरोना भाइरस संक्रमणको यो परिस्थितिमा सावधानीपुर्वक दशैँ मनाउन एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् ।
थारु पत्रकार संघ र थारु कल्याणकारिणी सभा दाङको आयोजनामा आज सनिबार आयोजित भर्चुअल माध्यमबाट गरिएको वडादशैँ तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो आग्रह गरेका हुन् ।

यस्तै उनीहरुले थारुहरुको मौलिक पहिचानका लागि दशैमा थारु समुदायमा लगाइने सेतो टिकालाई निरन्तरता दिनुपर्ने बताएका छन्् । साथै गोरखापत्रमा प्रकाशित थारु भाषामो अंक बन्द भएको विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरी, साहित्यकार शुशील चौधरी, छविलाल कोपिला,थारु बुद्धिजीवी श्रमलाल चौधरी, कम्लहरी अभियान्ता तथा मुक्त कम्लहरी उर्मिला चौधरी, तुलसा चौधरी, थारु विद्यार्थी समाजका पुर्व अध्यक्ष विकास चौधरी, ख्याल वगाल दाङका अध्यक्ष सबि थारु, पत्रकार सुनिता चौधरी लगायतले बोल्नु भएको थियो ।

थारु कल्याणकारिणी सभाका महामन्त्री पे्रमीलाल चौधरीको प्रमुख आतिथ्यता तथा थारु कल्याणकारिणी सभाका संगठन विभाग प्रमुख रुक्मिनी थारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण थारु पत्रकार संघ दाङका अध्यक्ष नविन चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस