‘नेपाल सरकारले भ्रष्टाचारविरुद शुन्यसहनशिलताको नीति लिएको छ। केही गैरजिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु।’ उनले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्वप्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।’ ओलीले अगाडि भने–‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ।।’
डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठूला नेताले बूढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।