बर्दिबासमा बलत्कारी विरुद्ध प्रदर्शन

महोत्तरी । बलत्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै महोत्तरीको बर्दिबासमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले बर्दिबास चौकमा प्रदर्शन गरेका छन् ।

‘र्यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफैँ बनौँ, बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाइएको थियो । र्यालीपछि देशमा बलत्कारीलाई बचाउन राजनिती गतिविधी बारे सडक नाटक मार्फत आम जनतालाई सचेत गराएका थिए ।

बलत्कारीलाई फाँसीको व्यवस्था कानूनीरुपमा नै हुनुपर्ने जनसहयोगी युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले जोडदार माग गरेका छन् ।

विभिन्न संघसंस्थाका सदस्यहरुहरुको सहभागीतामा सुरु भएको र्याली पञ्चधुरा होटलको अगाडी देखी बर्दिबासको सिन्धुली रोडमा प्रज्जवलन गरेर समापन गरेका दिए ।

प्रतिक्रिया दिनुहोस