ठेकेदारले पैसा नदिए पछि श्रमजीवी मजदुर आफ्नो पारिश्रमिक माग्दै संघमा

साउन महिना देखि भवन निर्माणमा काम गरिरहनु भएको मजदुरहरु कोभिड 19 र नजिकिदै गरेको चाडपर्वमा काम गरेको पैसा नपाएर र आफूहरु मारमा परेको बताउदै पुर्बी चितवन निर्माण सेवा संघको कार्यलय मा हार गुहार गर्न पुगेका छ्न।
२०० बिगाह पदमपुर चितवनको सुकुम्बासी बस्तिको सुकुम्बासी मजदुरहरु बिहान बेलुका चुलो बाल्नकै निम्ति विभिन्न ठेकेदारहरु संग काम गर्ने गरेका छ्न। दुई महिना काम गरेको हिसाब न गरिदिए पछि कामदार हरुलाइ समस्याप रेको र ठेकेदार संग पटक पटक भेटगरी हिसाब गर्न खोज्दा असहमति निस्किए पछि मजदुरहरु पुर्वी चितवन निर्माण सेवा संघका अध्यक्ष उत्तम घिमिरे समक्ष निबेदन दिन पुगेका छ्न।

प्रतिक्रिया दिनुहोस