अमितबाबुको संगितमा शनिको “साइत” सार्वजनिक (भिडियो)

काठमाडौं । पछिल्लो समयका चर्चित मोडल तथा निर्देशक धुर्व हिमालीको अभिनय तथा निर्देशनमा लोकदोहोरी गीत ‘साइत…’ सार्वजनीक भएको छ । दर्जनौं गीतहरुमा अभिनय गरेका हिमालीको ‘साइत’ मंगलबारमात्रै सार्वजनीक भएको हो ।

शानी विश्वकर्मा र शान्ता रानी परियारको स्वर रहेको गीतमा मञ्जित पहाडीको शब्द रहेको छ । अमितबाबु रोकायाको संगीत रहेको गीतको सम्पादन मनोज कार्कीले गरेका हुन् । वैदेशिक रोजगारीमा रहेका नेपालीको याथार्थ भोगाइ र पीडालाई देखाउन खोजिएको गीतमा चर्चीत मोडल धुर्व हिमाली र सुनिता भण्डारीको अभिनय रहेको छ ।

क्वालिटी क्रिएसनले निमार्ण गरेको भिडियोलाई हिम सम्झौता डिजिटल्सले व्यवस्थापन गरेको हो । संगीतकार अमितबाबु रोकायाकै युट्युब च्यानलबाट सार्वजनीक भएको गीतको भिडियो छोटोसमयमा नै निकै लोकप्रिय बनेको छ ।

मिडिया पार्टनर:
कालीगण्डकी पोष्ट (सुमन ढकाल)
तुफान न्युज (ओम राज डाँगी)
सनराईज पोष्ट(कविराज ढकाल)                    नेपालयन खबर (अबिसेक डाँगी)
हाम्रा खबर (धनबिर दाहाल)
ईन्टरटेन्टमेन्ट खबर (मोहन विरही शिर्पाली)

प्रतिक्रिया दिनुहोस