चित्रको अर्को सफलता , तोडे अमेरिकी रेकर्ड

काठमाडौं । उदयपुर गाईघाटका चित्रकुमार कार्कीले अमेरिकीले बनाएको विश्व रेकर्ड तोडेका छन् । जोन पेरी टक्सन एरिजोना अमेरिकाबाट १ डिसेम्बर २०१९ मा मस्ट अल्टरनेटिभ हिट्स विथ अ टेनिस र्याकेट इन ३० सेकेन्डमा ९७ स्कोर गरेर टाइटलमा राखेको गिनिज विश्व रेकर्डलाई कार्कीले ३० सेकेन्डमा १०९ स्कोर गरी उनको विश्व रेकर्ड आफ्नो नाउमा दाबी गरेका हुन् ।

आइतबार वल्र्ड रेकर्ड फाउन्डेसनको सभा हलमा भएको कार्यक्रममा कार्कीले सो स्कोर बनाउन सफल भएका थिए । उक्त कार्यक्रममा अल्ट्रा ग्रुपका प्रतिनिधिको प्रमुख अतिथ्यता रहेको थियो । फ्याल्यास टेनिस एकेडेमीका अध्यक्ष श्रवण कार्की नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय अध्यक्ष हरि रेग्मी लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस