डोजर बाट फुत्त झरेर राजेन्द्र बमले भने सर हजुर हिमाल हो

अपरेटरको पिडा मर्का र समस्या बारे बुझ्दै अपरेटर भिजन कर्पोर्शन नेपाल लेखेको टिसर्ट लगाएर हरेक जिल्लामा २०७५ सालदेखी हिडिरहेको हिमाल जब चामुन्डा बिन्द्रासैनी दैलेख पुगे एक जना एक्साभेटर अपरेटर फुत्त मेसिन बाट झरे र बहकिन थाले ” सर म जब १४ बर्षको उमेरमा डोजर सिक्ने सपना बोकेर घर छोडेर निस्किएको कर्महारा भौतारिदै गर्दा भारतको नयाँटिहिरी चम्बा भन्ने ठाउँमा पुगियो त्यहाँ सेल्थसिखर बिल्डर कम्पनीको काम चलेको थियोे । मेसिनहरु चलिरहेका थिए । र मैले एक जना गुरु लाई सोधे “गुरु जि कोहि मेसिन खाली हे क्या हेल्परके लिए?” उस्ले भन्यो मेरेसाथ आजा ठिकै छ म अहिले बाट नै डिउटी जोड्न तयार छु भने र त्यहि दिन देखि मेरो जिन्दगी मेसिन संग जोडिन पुगेको हो। कडा मेहनत गर्दा गर्दै नभन्दै म मेसिनमा लागेको तीन महिना पूरा भएछ। त्यहा सम्म मेसिनको बाहिरी काम मात्र सिक्न पाए मेसिनको भित्र पस्न भने पाइन तर पनि समयको प्रतीक्षा गरे नभन्दै ४ बर्ष पनि बित्यो र म १८ बर्ष को हुँदा त्यही कम्पनिमा आफैले जिम्मा लिएर मेसिन चलाउन लागे र महिनाको तलब थियो जम्म्मा १०००० थियो। १ बर्ष सम्म मेसिन चलाउने काम गरे एअदिन घर को याद आयो मलाई त थाहा नै भएन ५ (पाच) बर्ष बितेको मेसिन सिक्ने सपना बोकेर गएको मान्छे म ! मैले सोचे घरमा के गर्नुभयो होला मेरो ममिले उहाँको साहार को नै छ र म बाहेक बुवाले त हमिलाइ म बालका हुदैमा छोडेर जानूभयो बहिनीहरु सानै छन । मैले जीउँदै छोड्नु हुन्न मेरि ममिलाई र बहिनी लाई म घर फर्किनु पर्छ । र नेपाल मै केही गर्नुपर्छ । भन्ने मेरो सोचमा आयो र म नेपाल घर फर्किए जब म घरमा पुगे र मेरो ममिले आँखा भरी आँसु झार्दै भन्नू भयो यतिका बर्ष सम्म तलाई घर्को याद आयन मैले भने आएको थियो ममि घर्को याद त्यहि याद र हजुरहरुको माया सङ्गालेर त अब कहिले नजाने गरि फर्केर आएकोछु । नेपाल आएको ३ महिना पछि म कालिकोट सदरमुकाम भन्दा आगडी पिलि मेसिन चलाउन भनी गय र त्यहाँको भिर , पाखा र चट्टान देख्दा मैले एउटा मुक्तक लेखेर पोस्ट गरेको थिए। जुन् यस्तो थियो।

कालिकोटको चट्टान संग जुधेर देखाउनु छ ।
बाटो अप्ठ्यारो भएपनी कुधेर देखाउनु छ।।
दुनियाँले जतिसुकै अबरोध किन नगरुन
एक नएक दिन गन्तव्यमा पुगेर दुनियाँ लाइ देखाउनु छ।तलब भत्ताको कुरा गर्दा २५०बकेट ३००ब्रेकर र १००००तलब साहुले भन्नुभएको थियो। उहाँले मलाई साइटमा पुर्याउनु भयो र भन्नू भयो साइट भनेको यहि हो आफ्नो ख्याल राखेर काम गर। अहिले लाई म जान्छु भन्नू भो उहाँ गईहाल्नु भयो । र त्यहाको केही जेष्ठ मान्छेले मलाई भन्नुभएको यहा यो मेसिन धेरै पहिला आएको हो गुरु जि तर २२/२३ जना जति अपरेटरहरु आए ठाउँ हेर्दै जाँदै गरेका छन। बिचार गर्नुस ज्यान भन्दा ठुलो पैसा हैन धेरै बेर आकाश तिर हेरे माथी पहाडको टुप्पो बाट चील उडेको हेर्दा हेर्दै टोलाएछु। उहाले झस्काउदै भन्नू भयो। के तपाईंले यो रोड गन्तव्यमा लगेर पुगाउन सक्नुहुन्छ ?
मैले भने मान्छेले ब्याबारमा देखाउने कुरा हो । हेर्दै जानुस् भने र काम गर्न सुरु गरे हेर्दाहेर्दै ब्रेकरले रोड्बनाउदै ६ महिना पछी गन्तव्यमा पुगियो । पहिलो पटक त्यस्तो महाभारत पर्बतको चट्टान खोपेर बाटो पुर्याएकोले त्यहाँ मेरो सम्मानमा भब्य सम्मान कार्यक्रम आयोजना भयो । गाजा बाजा बजाए मलाइ फुलमाला र पैसाको मालाले सजाएर अबिरे जात्रा गरे काम पनि सक्किसकेको थियो मैले घरमा आउने सोच गरेर साउजिलाई फोन गरे फोनबाट भने सर केहि दिन काम पनि छैन म घरमा पुगेर आउछु। भनेर सोधे म तिमिलाइ भोलि बिहान ७:०० बजे तिर फोन गर्छु भन्नुभयो अर्को दिन बिहानै फोन गर्नुभयो र भन्नुभयो मेसिन चलेको मिटर त टिपेको होलाउ छौ होलानी अलि कस्तो पारामा सोधेको झै लाग्यो अनि भने सर टिपेकोछु उहाँले भन्नुभयो त्यो कपि ल्याएर सदरमुकाम आउनु भने पछि मैले हुन्छ सर म बेलुका सम्म सदरमुकाम आइपुग्छु । सदरमुकाम पुगियो र हिसाब गर्दा (५ लाक४२हजार ३ सय) भत्ता र( ६० हजार ६ महिनाको तलव जोड्दा जम्मा ६ लाख २हजार ३ सय) निस्कियो मैले पेश्कि जाम्मा २२ हजार मात्रै लिएको थिए। त्यो २२ हजार घटाउदा ५लाख ८०हजार ३सय हुन पर्ने तर म घर आउदा उहाँले मलाई जम्म १लाख ८० हजार दिएर बाकी पछि भनेको त्यो बाकी बाकी नै रह्यो अहिले सम्म पाएको छैन। लक डाउनको चपेटामा परेको म जस्तो दुखिलाइ हत्केलोमा मृत्यु राखेर पसिना बगाएको त्यो पैसा दिए सित्तैमा दिएको जस्तो हुन्थ्यो सर अपरेटर्स भिजन कर्पोरेसन नेपालले यस्तो पैसाको बारेमा नि बोलिदिन्छ रे हो सर अक्कन बक्क हुँदै हो यस्को बारेमा बोल्ने हामी धेरै छौ भने।

प्रतिक्रिया दिनुहोस