स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रवेश गर्नेको लर्को लागेको छ ।
राष्ट्रिय युवा संघ नेपाल हरिनास गाउँपालिका ५ को आयोजनामा आयोजित वडा कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम प्रमुख अतिथि नेकपा स्याङ्जाका कार्यलय सदस्य रामचन्द्र भट्टराई द्वारा उद्घाटन भएको थियो, सोही क्रममा उहाँले नेकपा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै परिवर्तनको मुल प्रबाह नेकपा नै हो भन्ने भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित विभिन्न पार्टी परित्याग गरि १६१ जना नेकपा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा वक्ताहरु जिल्ला कमिटी सदस्य मिठु लम्साल, पालिका अध्यक्ष खिम मानन्धर,पार्टी कमिटीका पदाधिकारी, उपाध्यक्ष झनमाया पराजुली, शिक्षक संगठनका नेता शिव ढकाल लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता युवा संघ वडा ५ का अध्यक्ष तथा संचालन सचीव मार्फत भएको थियो ।