दाङमा शनिबार ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

दाङ । दाङमा आज ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा जिल्लाका विभिन्न ठाउँका गरी ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताउनुभयो ।

कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका १५ जना, तुलसीपुर उपमहानगरपालिकाका ७ जना र बंगलाचुली, बबई, गढवा गाउँपालिकाका एक एक जना रहेका छन् । लमही नगरपालिकामा पनि एक जनामा कोरोना पुष्टि भएको चन्दले बताउनुभयो । यससँगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १४ सय ४७ पुगेको छ ।

जसमध्ये ११ सय २९ जना निको भएर घर फर्किएका छन् । अब ३१३ जना संक्रमित विभिन्न आइसोलसनमा रहेकोमा २७८ जना भने होम आइसोलेसनमा हरेको चन्दले जानकारी दिनुभयो । संक्रमित मध्ये दाङमा ६ जनाको मृत्यु भएको छ ।

यसैबीच दाङमा वितेको २४ घण्टामा ९३ जनामा कोरोना पुष्टि भएको छ । जसमा २४ जना महिला र ६९ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस