तुलसीपुर ७ को वडा कार्यालय सार्न माग

दाङ, तुलसीपुर । कालाखोलामा आज एक कार्यक्रम मार्फत वार्ड न ७ को वडा कार्यालय पायक पर्ने ठाउँ मा स्तान्तरण गर्न को लागि अध्यन तथा सुझाब समिति गठन गरिएको छ। हाल वडा कार्यालय रहेको खर्चवा सबै लाई पायक नपरेकोले पयक पर्ने स्थानमा सार्न सर्बपक्षिय भेलाले माग गरेको छ।

बेत्रावोती युवा क्लबका अध्यक्ष सेर बहादुर चौधरीको अध्यक्षता एबम नँया नेपाल युवा क्लबका अध्यक्ष मधुसूदन भुसाल को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम मा तरुण दल व न ७ का सभापति दिपक के सि ले वार्ड कार्यलये उक्त स्थान बाट सार्नु को बिकल्प नभएको बताउनु भयो उहाँ ले हाल रहेको स्थान बैज्ञानिक रुप मा उचित नभएको बताउनु भयो ।

ज स पा क प्रतिनिधि दिपक पोख्रेल ले वर्ड कार्यलय मुख्य बाटो ले छोयेको स्थान मा सार्नु पर्ने बताउनु भयो।उहाँ ले सबैलाई पायक पर्ने स्थान मा सार्द सबैलाई उपयुक्त हुने बताउनु भयो। ,ने क पा माले का प्रतिनिधि हिमलाल चौधरी ले वार्ड कार्यालय को लागि जाग्गा खरिद गरेर भए पनि बिच मा राख्नु पर्ने बताउनु भयो।उहाले एकपछिये ढंगले वार्ड कार्यलय राखे अमान्री हुने बताउनु भयो।

घुसरी टोल बिकास सस्था का उपाध्यक्ष शंकरमान बिष्ट ,ग्वार सुधार टोल बिकास सस्था का सस्थापक ईश्वर प्रसाद भण्डारी ,एकता टोल बिकास सस्था का सचिब निर्मल शर्मा ,चौधरी मिलन युबा क्लब का अध्यक्ष दामु चौधरी एबम बेत्रावोती क्लब का सल्लाहकार नारायण रजौरे लगाएत का बक्ता ले हाल को वार्ड कार्यलय अपायक परेको ले सर्बमान्ये स्थान मा राख्नु पर्ने बताउनु भयो।

वार्ड सबै को साझा भएकाले वार्ड कार्यलय ब्यबस्थापन गर्दा सबै वार्डबासी को भाबन समेट्ने गरि राख्नु पर्ने बताउनु भयो । साथै उक्त भेलाले वार्ड कार्यलय सार्न का लागि डिल्लीराज भुसाल को सम्योजक्तो मा ९ सदस्यीय सुझाब तथा दबाब समिति गठन गरेको छ। जसको सदस्य मा दिपक केसि ,निर्मल शर्मा ,बिश्नु भुसाल, नारायण रजौरे,कृष्ण आचार्य ,नारायण न्यूपाने ,सुरज केसि र मधुसुद्न भुसाल रहनु भएको छ।

समितिले वाड पयक पर्ने ठाउमा सार्न ज्ञापन पत्र बुझाउने सरोकारवाला निकाय संग छलफल गर्ने यतीगर्दा नि माग सुनुवाइ नभय थप आन्दोलन को रुप तयार गर्ने जनाइएको छ। कार्यक्रम को सन्चालन रानिघाट युबा क्लब का सचिब डिल्लीराज भुसाल ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस