पूर्वअध्यक्ष के.एल. पिडीतद्धारा संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु बितरण

दाङ,तुलसीपुर । नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष के.एल. पिडीतले दाङका संचार संस्थाहरुमा पुगी स्वास्थ्य सुरक्षाका सामाग्रीहरु बितरण गर्नुभएको छ । उहाँले केहि समय देखि दाङका संचार संस्थामा पुगेर संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु बितरण गर्न सुरु गर्नुभएको हो ।

उहाँका अनुुसार स्यानिटाईजर र मास्क बितरण गरिएको बताउनुभयो । कोरोना कहरका बिच खास गरि फ्रन्ट लाईनमा रहेर अबिचल्लित रुपमा जनतालाई सूचना प्रवाह गर्ने संचारकर्मी र समाचार कक्षमा काम गर्ने पत्रकारहरु लाई सुरक्षीत बनाउन, सम्मान र अत्मबल बढाउनका को लागी यो अभियानको थालनी गरिएको उहाँको भनाई छ ।

यो अभियान भाद्र २५ गते देखि घोराही बाट आरम्भ गरेको उहाँले बताउनुभयो । साथै जिल्लाका सबै संचारकर्मीहरु लाई बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस