डोजर चलाउने अप्रेटरहरुको भाउ यति सस्तो भएछ

राजनिती छवि राम्रो बनाएका प्रतिष्ठित ब्याक्तिको सेर परेको उनकै आफन्तले चलाको एक प्रतिष्ठित कम्पनीमा अपरेटरको माग आएको कारण घर नजिकैको काम खाली बसेको पनि धेरै भयो आर्थिक भारले नराम्रो संग चेप्दै छ सोचे अब काम गर्न पर्छ अनि सरासर अफिसमा इन्टरभ्यु दिन गए। नमस्कार सर म हिमाल घर भरतपुर महानगर पालिका १५ चितवन लाहुरे चोक मैले २०६५ साल देखि आज सम्म लगातार कैले एक्सावेटर, कैले लोडर, कैले jcb ब्याकहो लोडर, कहिले फोक लिफ्ट मेसिन त कहिले ट्र्क, कहिले टिपर, कहिले बोलेरो चलाउदै आएको छु। म संग ६ किसिमका सवारी चलाउन पाउने सवारी चालक अनुमती पत्र स्मार्ट लाइसेन्स टेबुलमा राख्दै भने जिन्दगीमा धेरै दुख गरियो। म जनयुद्धका एक जनमुक्ति सेना पनि हुं समय सोचे भन्दा फरक भयो जुन आशालिएर जनयुद्धमा होमिइएको थियौ परिवेश भिन्न भयो। अनि डोजर सिकेर सात समुन्द पारी मुग्लान छिरे ५० डिग्रीको घाममा १० चोटि बेहोस भएर खजुरको बोट मुनि सितलमा तातो पानी खाएर बौरिएर नेपाल फर्केको जम्मा चार वर्ष भयो। घरनजिकै पाइक पर्ने ठाउमा जागिर खान खोजेको दाइ कस्तो छ सेवा सुबिधा भनेर सोधिहाले महिनाको १५००० तलब १०० रुपैया घन्टाको भत्ता दिएको छौ। उत्तर आइ हाल्यो। अक्कन बक्क भए र पनि हिम्मत गरेर फेरि सोधे बाकी सेवा सुबिधाहरु चाड पर्वमा बोनस, हप्तामा वा महिनामा कति दिन छुट्टी, खान बस्न, र जीवन बिमा बारेमा के कस्तो छ भनेर सोधे। बोनस दिने गरेको छैन अब सिस्टम बसाउछौ, छुट्टी त हुदैन काम आउदा आधारात सम्म पनि खटिन पर्छ, खाना बस्न क्यान्टिन छ। जीवन बिमा पाँच लाखको सबैको छ। सुने सबै सुने फेरि सोध्न मन लाग्यो नेपाल सरकारले तोकेको मान्छे मृत्यु भएको क्षतिपूर्ति ५ लाख त सबैको हुन्छ जो जहाँ गरे पनि बाटोमा हिडिरहेको एउटा लफङ्गोको पनि तर एक्स्ट्रा बिमा हुन्छ जो आफू मरेर गए पनि परिवारलाई १५/२० लाख आउँछ त्यो बिमा छ छैन भने त्यो त छैन यति सुने पछि चित्त बुझ्यो। भने दाइ मलाइ फलानो ले पठाउनु भएको छ पुरानो लाइसेन्स र अनुभव छ। जताततै ब्याकहो लोडर अप्रेटरको रेट १५०००+१५० त चलेको रेट हो १०० हैन १५० गर्नुस न भने सकिँदैन तपाइलाई बढाए पछि २ वर्ष पहिले देखि काम गरेको अर्कोलाइ पनि बढाउन पर्छ जब यस्तो सुने यति तल गिरेर काम गर्ने अपरेटर भोलि ठुलै रोग लागेर काम गर्न न सक्ने अबस्थामा पुग्यो भने उस्को साहारा को होला। काम गर्न सकुन जेल पेलाउने र रगत पसिना खाने कमजोर भए पछि बिमारी भए पछि काम बाट निकाल्दिने केही सहयोग नगर्ने धेरै प्रतिनिधि घटनाहरु एकदम रहिआएको छ। रेट घटाएर काम गर्ने लाइ खबरदारी गर्ने आट सबै अपरेटरले गर्नु पर्दछ।

प्रतिक्रिया दिनुहोस