त्रीशिदेश्वरी र सिद्धार्थ को बिजयी सुरुवात

दाङ/तुुुुलसीपुर । दाङको तुलसिपुरमा आज शुक्रबार देखि सुरु ईन्टर दाङ भ्याली टि – २० क्रीकेट प्रतियोगिता २०७७ मा त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर र सिद्धार्थ एकाडेमी घोराहि ले बिजयी यात्रा सुरु गरेका छ्न् !

हेल्पिङ सौल दाङको आयोजना मा संचालित प्रतियोगिता को उद्घाटन खेलमा पब्लिक ज्ञान ज्योती एकाडेमि तुलसिपुर लाई ४ रन ले पराजित गर्दै त्रीशिदेश्वरी ले बिजयी यात्रा सुरु गरेको हो !त्यस्तै गोरखा मा.बि.तुलसिपुर लाई १५ रनले पराजित गर्दै सिद्धार्थ एकाडेमी ले बिजयी यात्रा सुरु गरेको हो !
टस जितेर ब्याटिङ रोजेको त्रीशिदेश्वरी ले २० ओभर को समाप्तिमा आफ्ना ८ विकेटको क्षेतिमा ८२ रन बनाएको थियो ! जसमा संकर बुढा ले सर्वाधिक ३० रनको योगदान दिए भने तिलक बौडेल १४ र अनिस आचार्य ले १३ रन जोडे ! बलिङ तर्फ ज्ञान ज्योती एकाडेमी नबराज र दिवान पुन ले समान २/२ विकेट लिए !

८३ रनको बिजयी लक्ष्य पच्छ्याएको एकाडेमी १९ दशमलव २ ओभर मा अलआउट भयो ! जसमा दिवान पुनले १७ र समीर न्यौपाने १५ बाहेक अन्य ब्याट्सम्यान ले डबल फिगर बनाउन सकेनन् ! बलिङमा त्रीशिदेश्वरि का करण सार्किले शानदार बलिङ गर्दै ह्याट्रिक गरे भने स्माईल अन्सारी ले महत्वपूर्ण ३ बिकेट लिए ! खेलमा उत्कृष्ट बलिङ गर्दै ह्याट्रीक गर्न सफल करण सार्कि म्यान अफ द म्याच घोषित भए ! यसैबिच सनिवार बिहान ८ बजे हुने पहिलो खेल मा पुरन्धारा क्रीकेट क्लब र आयोजक हेल्पिङ सौल भिड्नेछन् !

झण्डै एक साता चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाईनेछ ! प्रतियोगिताको बिजेता तथा उपबिजेता टिम ले क्रमशः नगद २५ र १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछन ! त्यस्तै प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीहरु लाई पुरस्कृत गरिने आयोजक ले जानकारी दिएको छ !

प्रतिक्रिया दिनुहोस