युथ अफ तुलसीपुरद्वारा आज(बुधवार)तुलसीपुरमा प्रदर्शन (फोटो फिचर)

दाङ/तुलसीपुर । पछिल्लो समयमा महिलाहिम्सा र बलात्कारको घटना बढिरहेको र त्यसको अन्त्यको माग गर्दै तुल्सिपुरमा “युथ अफ तुल्सिपुरले ” बुधबार तुलसीपुरमा प्रदशन गरेको छ ।उनीहरुले प्रदर्शनका क्रममा बलात्कारीलाई मृत्यु दण्डको
माग गरेका थिए । ‘हिजो निर्मला, आज संझना, भोलि हजुरको कोही …? ’ लेखिएको प्लेकार्ड सहित बलात्कारीलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरेका थिए । तुलसीपुरको एकान्त होटेल चोकवाट सुरु भएको उक्त
र्यालि बिरेन्द्र चोकदेखि सितलपुर चोकसम्म पुगेर तुलसीपुर उपमहानगरपालिका अगाडि आएर कोण सभामा परिणत भएको थियो ।

युथ तुलसीपुरका अध्यक्ष वशन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमा एडमिन अरुण लहरे,आकाश भण्डारी लगाएले सम्वोधन गरेका थिए । उनीहरुले बलात्कारीलाई कडा भन्दा कडा कानुन नहुँदासम्म बलात्कारका घटना दोहरी रहने भन्दै मृत्यु दण्डको व्यवस्था गर्न मागपनि गरेका थिए । उपाध्यक्ष निशा कुँवरको स्वागत मनतब्यवाट कार्यक्रम सुरु भएको थियो । कार्यक्रमपछि तुलसीपुर उपमहानगरपालिकामा पुगेर उनीहरुले सोही आसयको ज्ञापन पत्र पनि बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस