तुलसीपुरमा थपीए थप १९ कोरोना संक्रमीत,संक्रीय संक्रमीतको संख्या ६१

लुम्बीनी प्रदेश,दाङ/तुलसीपुर । तुलसीपुरमा आज मात्रै थप १७ जना नयाँ र २ जना फलोअफमा  कोरोना संक्रमीत थपीएका छन् ।

घोराही राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको फिवर ल्किनिकबाट संकलन गरिएको स्वावमा १७ जना नयाँ संक्रमीत थपीएका हुन् । संक्रमीत हुनेमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालीका वडा नं ५ का ९ जना रहेका छन् । वडा नं १६ का २ जना,वडा नं १२ का १ जना, वडा नं ६ का २ जना, वडा नं ९ का १ जना, वडा नं ४ का १ जना, वडा नं २ का १ जना गरी १७ जना नयाँ संक्रमीत थपीएका हुन् ।

फलोअफका क्रममा भने वडा नं ७ का २८ वर्षका एक पुरुष र वडा नं ६ की एक २४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
यो संगै तुलसीपुरमा कुल संक्रमीतको संख्या २६७ पुगेको छ । संक्रीय संक्रमीतको संख्या ६१ रहेकोमा कोरोना जित्नेको संख्या भने २०६ पुगेको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल के.सी.ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस