दाङ तुलसीपुर । तुलसिपुर उपमहानगरपालिका वडा न १५ ले लक्ष्य युवा क्लब तुलसिपुर १५ मलवार लाई खेलकुद सामग्री प्रदान गरेको छ । बुधवार खेल सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरी क्लबका अध्यक्ष लक्ष्मण बस्नेत, सचिव सुरेन्द्र चौधरी,लगाएतको लक्ष्य टिम लाई उपमहानगरपालिका ले उपलब्ध गराएको जर्सी,जुत्ता,सिन प्याड,ग्लोभ्स,मोजा,फुटबल गरि झन्डै ६५ हजार बराबरको फुटबल खेल सामग्री प्रदान गरेको हो। स्थानिय स्तर बाट खेलको विकास र विस्तार गर्ने उदेश्य राखेको वडा न १५ ले खेल गतिविधीका माध्यम बाट तुलसिपुर क्षेत्रमा वडाको पहिचान स्थापित गर्न सफल क्लब लाई खेल सामग्री प्रदान गरिएको वडा अध्यक्ष लक्ष्मण चौधरी ले बताए ।
लक्ष्य ले फुटबल खेलमा वडा को गरिमा लाई उच्च राखेको छ, तर हाम्रो अबको मान्यता स्थानीय स्तर बाटै रास्ट्रीय खेलाडी उत्पादन हुनुपर्छ भन्ने हो त्यही मान्यताका साथ खेल सामग्री प्रदान गरेका छौ उनले भने। लक्ष्य क्लबका अध्यक्ष लक्ष्मण बस्नेत ले खेल विकासको हाम्रो सोचमा वडा ले पुर्याएको सहयोगले थप उर्जा प्रदान गरेको बताए ।
उनले स्थानिय तह ले क्लब प्रति देखाएको मायाँ र विश्वासले प्रभावकारी खेलगतिविधीको अभियानलाई थप सार्थक र परिणाममुखी बनाउने बिश्वास व्यक्त गरे । क्लबका सल्लाहकार एवं खेलप्रेमी लेख राज बस्नेत को स्वागत मन्तब्य रहेको खेल सामग्री हस्तान्तरण कार्यक्रम नेकपा तुलसिपुर १५ वडा कमिटी सचिव खिम लाल वलि,ईलाका प्रहरी कार्यालय मलवार का प्रमुख मेघ राज डागी,लगाएतका ले बोल्नु भएको थियो।
सो अबसरमा क्रीकेट खेलाडी स्माईल अन्सारी ,दिनेश पाण्डे , मलुवार टोल बिकास सस्थाका अध्यक्ष काली प्रसाद चौधरी, खेल प्रेमी बिनोद रेग्मी,चित्र बहादुर रोका लगाएतको उपस्थिति रहेको थियो १कार्यक्रम को संचालन क्लबका सचिब सुरेन्द्र चौधरी ले गरेका थिए ।