अनेरास्ववियू धनुषाद्वारा पार्टी कार्यलय सरसफाइ

धनुषा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ को पार्टी कार्यलय भित्र र वरिपरिका क्षेत्रमा अनेरास्ववियू धनुषा कमिटीले फोहोर संकलन गरेको हो !! सुन्दर नगरी जनकपुरलाई सधैं सफा राख्नु पर्छ भन्ने सन्देश दिनका लागि कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रिय सदस्य राज किशोर यादवले गरेका थिए भने कार्यक्रम संचालन संयोजक आर पि यादव र सह-संयोजक शिव झा संयुक्त रूपमा गरेका थियो ।

साथै कार्यक्रममा अनेरास्ववियू धनुषाका पुर्ब अध्यक्ष बिनय प्रबिन साह, पुर्ब रापस संजय साह र अरुण यादव र जिल्ला कमिटी धनुषाका आदर्श मंडल, मनोहर यादव, अजय कामत, दुर्योधन महतो, जितेन्द्र यादव, दुर्गेश यादव, मनिष यादव, तनबिर राइन र रोहित साह लगायत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो !

बिद्यार्थी नेता आदर्श मंडलले जानकारी दिए !! त्यस्तै आउदो सनिवार नेकपा धनुषाको पार्टी कार्यक्रम हुन गइहरेको रक्तदान कार्यक्रममा सहभागी हुन नेकपाका सबै नेताकार्यकर्ता हार्दिक अनुरोध गरेका छन !!

प्रतिक्रिया दिनुहोस