बुटवल । प्रदेश नं ५ को राजधानी दाङ लान गरिएको प्रस्तावको बिरोध गर्दै काँग्रेसका सांसदहरुले नाराबाजी गरे पछि सभाको बैठक २ बजे सम्मका लागि स्थगित गरिएको छ ।
साथै काँग्रेसले राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको छ । प्रदेशसभामा राजधानी र नामाकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो ।
बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा राजधानी सार्नु गलत रहेको बताए । मुख्य मन्त्रीले व्यक्तिगत स्वार्थका लागि तानाशाही शैलीमा राजधानी वुटवलबाट सार्न लागेको बताए । बाहिर सडकमा पनि आन्दोलन गरीरहेको काँग्रेसले सदनमा पनि प्रदर्शन गरेको हो ।