‘गोबर गणेश’को ‘अमिलो मोई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को गीत ‘अमिलो मोई’ सार्वजनिक भएको छ । एलिना चौहान र निशान भट्टराईको स्वर रहेको गीतमा जयकिसन बस्नेत र एलिना रायमाझी फिचर्ड हुुनुहुन्छ । गीतमा रिमेश कुमारको सङेगीत छ ।

चलचित्रमा जयकिसन बस्नेत, सीएम भारद्वाज सुवेदी, मुनम मल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई,टेकेन्द्र न्यौपानेलगायतको अभिनय छ ।

हरिकुमार कटुवाल निर्माता रहेको चलचित्रमा राजु किरातको एक्सन, भोमन कटुवालको कथा, भोमन र कल्याणको पटकथा तथा संबाद, अनिलकुमार महर्जनको सम्पादन र मोहनकुमार झिल्लुको छायांकन छ । फिल्मको डिजिटल सर्वाधिकार साईराम पिक्चर्सलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस