काठमाडौ – सिन्धुली तिनपाटन गाउपालिकाको उपाध्यक्ष पदम माया तमाङ लगाएत जनप्रतिनिधि र बिकास प्रेमी युवानेता तथा डोजर अपरेटर तथा सवारी चालक संघ नेपालका उपाध्यक्ष सन्तोष श्रेष्ठ कोभिड 19 को महामारी समेत प्रवाह नगरि दुरसंचार बिकाश गरि आफ्नो गाउँ र नगरलाइ सुचना र प्राविधि युक्त नगर बनाउन लागि पर्नु भएको छ।
२०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा स्थापना भै २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता हुँदै २०६१ बैशाख बाट नेपाल टेलिकम भन्न थालि देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन, जिएसएम र सिडीएमए जस्ता सेवा प्रदान र इन्टरनेट सेवामा डायल अप आइएसडीएन लिज्ड, एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गरेता पनि पुर्ण नेपाललाइ भने अझै जोड्न सकेको छैन। यसैको मारमा लामो समय देखि सिन्धुली तिनपाटन गाउपालिका पनि परिरहेको बताउदै जनप्रतिनिधि र युबा नेता श्रेष्ठ नेपाल टेलिकमको कार्यलय गुहार्न पुग्नु भए पश्चात् दुर संचार र टेलिफोन सेवा प्रदायक कम्पनीहरु
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ,यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल),एसटिएम सञ्चार सञ्चार लिमिटेड (एसटिएम), एनसेल प्राइभेट लिमिटेड (एनसेल), नेपाल स्याटेलाइट टेलिकम प्रा.लि. (हेलो मोबाइल), स्मार्ट टेलिकम प्राइभेट लिमिटेड (स्मार्ट
टेलिकम टावर संर्वेक्षेण कार्यमा सिन्धुली तिनपाटन गाउपालिकाको तिनपाटनको वडा न ८ को काउले डाडा ७ को भदाैरे डाडा ९ को अाम्बोटे भन्जयाङ र ६ मा गोपालपुर डाडा लगाएत विभिन्न स्थानको अबलोकन गरि छिटोभन्दा छिटो तिनपाटन बासी आम जनतालाई विकासको पुर्वाधार र सुचनाको हक बाट लाभान्वित बनाउने समग्र जनप्रतिनिधि र युवानेता श्रेष्ठले दाबी गर्नु भयो।