संजालद्वारा दंगीशरण २ सरुवाडाडाका युवाहरूलाई शनिबार खेलकुद सामग्री प्रदान

दाङ । दाङको दंगीशरण २ सरुवाडाडाका
युवाहरूलाई शनिबार एक कार्यक्रमकाबीच
खेलकुद सामग्री प्रदान गरिएको छ । दंगीशरण
गाउँपालिका स्तरीय युवा क्लब संजालले
शनिबार आयोजना गरेको कार्यक्रममा
युवाहरुलाई फुटबल, भलिबल, क्रीकेट, ब्याडमिन्टन खेलका खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।
पचास हजार रुपैयाँ बराबरको खेलकुद सामग्री
युवाहरूलाई प्रदान गरिएको संजालका अध्यक्ष
सिएम बिस्वकर्माले बताए । खेल सामाग्रीहरु साम्सद कोमल ओलिले वितरण गर्नु भएको थियो
कार्यक्रममा बोल्दै उहाँले खेलकुदले शारिरिक
स्वस्थताका साथै मानसिक रुपमा समेत स्वस्थ
राख्न मद्धत पु-याउने बताउनु भयो ।
अध्यनका साथ साथै युवाहरुलाई खेलकुदमा
पनी ध्यान पु-याउन आग्रह गर्नुभयो ।

दंगीशरणका युवा नेता एम एन शाह,
निबर्तमान जिल्ला युवा परिषद दाङका
अध्यक्ष शुरेश रावत,अनेरास्ववियु केन्द्रीय
अनुसासन बिभागका सदस्य बिरबल
खड्का,नेकपा नेता लोक जंग शाह लगाएतले
बोलेका थिए। संजालकी सदस्य सुनिता
चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको
कार्यक्रमको संचालन संजालका सचिब प्रबिन योगिले गरेका थिए ।।

प्रतिक्रिया दिनुहोस