दाङ । खुल्ला क्रीकेट प्रतियोगिता २०७७ को उपाधी त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर ले हात पारेको छ ! स्यालुट नेपाल युवा क्लब तुलसिपुर ९ बेलुवा को आयोजना मा संचालित प्रतियोगितामा सहभागी ९ टिम मध्य अंक तालिका को शिर्ष स्थानमा रहदै त्रीशिदेश्वरी ले उपाधी हात पारेको हो । उपाधी संगै उसले नगद २० हजार तथा कप जितेको छ !
स्थानिय स्तरमा क्रीकेट खेलको बिकास गर्ने उदेश्य का तुलसिपुर ९ को गौरीचौर खेल आयोजना गरिएको प्रतियोगिता ९ टिमको सहभागिता रहेको थियो !
यसैबिच सेलुट नेपाल युवा क्लब का अध्यक्ष लक्ष्मण शर्मा को अध्यक्षता मा भएको प्रतियोगिता समापन समारोहमा बेस्ट बलर त्रीशिदेश्वरी स्पोर्ट्स क्लबका स्माईल अन्सारी,बेस्ट ब्याट्सम्यान नोबेल एकाडेमी का सुदिप नेपाली र म्याच अफ सिरिज स्यालुट नेपाल युवा क्लब का युव राज ओलि लाई घोषित गरिएको थियो भने बिजेता टिम तथा खेलाडी लाई कप,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो !
सो अबसरमा त्रीशिदेश्वरी क्रीकेट क्लबका अध्यक्ष कमल डागी ले ५ वर्ष को कलिलो उमेरमै क्रीकेट खेलाडी बन्ने ईच्छा राखेर ब्याटिङ को अद्भुत क्षमता बोकेका तुलसिपुर ९ बेलुवा बस्ने बिमोचन थापा लाई क्रीकेट ब्याट र बल प्रदान गर्नु भएको थियो ! कार्यक्रमको संचालन टेवुल टेनिस संघका उपाध्यक्ष अरुण लहरे गरेका थिए !