रोट्र्याक्टले चुम्यो तरुण कप फुटसलको उपाधी

दाङ । दाङको तुलसिपुरमा संचालित तरुण कप फुटसल प्रतियोगिता २०७७ को उपाधी रोट्रयाक्ट क्लब तुलसिपुरले हात पारेको छ !
नेपाल तरुण दल तुलसीपुर ५ ले आयोजना गरेको प्रतियोगिता को सनिवार सम्पन्न फाईनल खेलमा पब्लिक ज्ञान ज्योती स्कुल तुलसिपुर लाई ३ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउदै रोट्रयाक्ट ले उपाधी हात पारेको हो।
उपाधी संगै उसले तरुण कप तथा खसी प्राप्त गरेको छ ! उपबिजेता बनेको पब्लिक ज्ञान ज्योती सान्त्वना कप मा चित्त बुझाउन बाध्य भयो ! ४ टिम को सहभागिता रहेको प्रतियोगिता लिग प्रणाली मा खेलाईएको थियो भने सबै खेलहरु तुलसिपुर स्थित द लेजेण्ड फुटसल ग्राउण्ड मा भएका थिए ।
यसैबिच प्रतियोगिता को समापन समारोह नेपाल तरुण दल तुलसीपुर ५ का अध्यक्ष सुनिल डागिकाे अध्यक्षता तथा नेपालि काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्काको प्रमुख आतिथ्य एवं काङ्ग्रेस क्षेत्र नम्बर ३ क का सभापति घनश्याम ढकालको बिशिस्ट आतिथ्य मा भएको थियो ! तरुण दल वडा न ९ का अध्यक्ष बिस्णु खत्री को स्वागत रहेको कार्यक्रम मा प्रमुख अतिथी खड्का,बिशिस्ट अतिथी ढकाल दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशिल श्रेष्ठ,नेपाल तरुण दल साविक क्षेत्र न ४ का अध्यक्ष रमेश मल्ल,नेबिसघ दाङ जिल्ला सह सचिव जितेन्द्र प्रकाश ओलि,नेविसघ तुलसिपुर नगर सभापती राजिव पाण्डे, तरुण दल क्षेत्रीय सदस्य सुशील ओलि,बिपि कोइराला युबा नेतृत्व बिकास मञ्च तुलसिपुर ५ का अध्यक्ष यम बहादुर ओलि लगाएतका ले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस