प्रदेश–५ राजधानी विवादः पोखरेलले बाजी मार्दा पौडेल चेपुवामा

काठमाडौं । प्रदेश–५ को राजधानी दाङ हुने करिव–करिव पक्का भएको छ । प्रदेश–५ को प्रदेशसभामा राजधानी दाङलाई बनाउने सहमति भएपछि विरोध र समर्थनका स्वरहरु बाहिर आउन थालेका छन् ।

प्रदेश–५ को दाङ र बुटवलमध्ये एक राजधानी हुने निश्चित नै थियो । तर, नेताहरुबीच लामो रस्साकस्सीपछि दाङको सम्भावना बढेर गयो ।

दाङ राजधानी प्रस्ताव हुनुमा मुख्यमन्त्री शंकर पोखरेल पनि मुख्य कारण हुन् । पोखरेलको गृहजिल्ला दाङ हो । नेकपा अध्यक्ष समेत रहनुभइका प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पोखरेल नेपाली राजनीतिमा निकै शक्तिशाली हुनुहुन्छ । उहाँले नै अहिले यस्तो प्रस्ताव अगाडि बढाउन लगाउनुभएको हो ।

तर, रुपन्देहीबाट पनि कम शक्तिशाली नेताहरु छैनन् । बुटवल राजधानी बनाउन नेकपा महासचिव विष्णु पौडेल सक्रिय हुनुहुन्थ्यो । घनश्याम भुषाल पनि त्यतैका हुनुहुन्छ । नेपाली काँग्रेसका शक्तिशाली मध्येका बालकृष्ण खाँणको गृहजिल्ला पनि रुपन्देही हो । उहाँहरु बुटवल राजधानी बनाउन चाहनुहुन्थ्यो । तर, मुख्यमन्त्री पोख्रलले यसपटक बाजी मार्ने करिव करिव पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस