प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव पछि दाङ र अर्घाखाँचीमा घरजग्गा किनबेच रोक्का

काठमाडौं। प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश ५ को प्रदेशसभामा पेश भएसँगै दाङ र अर्घाखाँचीका विभिन्न ठाउँमा घरजग्गा किनबेच रोक्का भएको छ।

प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले निर्देशन जारी गर्दै दाङको लमही र अर्घाखाँची मालपोत कार्यालयबाट हुने घरजग्गा किनबेचमा दाङ र अर्घाखाँची जिल्लाका केही ठाउँको किनबेच र कित्ताकाटमा रोक लगाएको हो।

दाङको रामी गाउँपालिकाको सबै वडा, गढवा गाउँपालिकाको वडा नम्बर १,२,३ र अर्घाखाँची जिल्लाको शीतगंगा गाउँपालिकको वडा नम्बर ८ र ९ को घरजग्गा किनबेच रोक्का गरिएको छ। राजधानी बन्ने खबरसँगै जग्गा किनबेच बढ्नु स्वभाविक छ। यस्ता बेला जग्गा कारोबारी सक्रिय हुन्छन्। सरकारले अनधिकृतरूपमा फाइदा उठाउनेलाई रोक्ने भन्दै घरजग्गा किनबेच रोक्का गरेको हो।

प्रतिक्रिया दिनुहोस