तरुण कप फुटसल प्रतियोगिता शुरु

दाङ । नेपाल तरुण दल तुलसीपुर ५ को आयोजनामा आज देखि तुलसीपुरमा तेस्रो तरुण कप फुटसल प्रतियोगीता शुरु भएकोछ ।
तुलसीपुर ५ का तरुण दल अध्यक्ष सुनिल डागिकाे अध्यक्षता तथा नेपालि काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्काको प्रमुख आतिथ्यमा प्रतियोगिता को उद्घाटन गरिएको हो !
सो समस्रोहमा नेपालि काङ्रेसका पुर्ब क्षेत्रिय सभापति टाेप बहादुर केसि, जिल्ला सदस्य राजु आचार्य, काङ्ग्रेस क्षेत्र नम्बर ३ क का सभापति घनश्याम ढकाल, ख क सभापति खिम बहादुर वलि, क्षेत्र नम्बर ३ का उपसभापति प्रमोद बस्नेत, तुलसीपुर ५ का वडा सभापति मदन धिताल, नेबिसंघका पुर्ब केन्द्रिय उपाध्यक्ष प्रदिप खड्का, पुर्ब केन्द्रिय सदस्य युबराज खड्का, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा खेलकुद संयोजक माइकल नेपाली, दाङ जिल्ला फुटबल संघका जिल्ला अध्यक्ष सुशिल श्रेष्ठ, बिपि कोइराला युबा नेतृत्व बिकास मञ्चका जिल्ला अध्यक्ष सरोज शाह लगायतले फुटसल प्रतियोगिताको सफलताको कामना गरेका थिए ! उनिहरुले तरुण दल तुलसीपुर ५ ले तरुण कप का माध्यम बाट खेलकुद बिकास महत्त्वपूर्ण भुमिका निर्वाह गरेको चर्चा गरेका थिए । साथै उहाँहरुले नेपाली काङ्ग्रेसलाइ बलियो बनाउने पहिलो कर्तब्य तरुण बिद्यार्थीहरुको रहेको भन्दै पार्टीलाइ बलियो बनाउने अभियानमा लाग्न आग्रह समेत गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेबिसंघका नेता रेशम खरालले गरेका थिए । तुलसिपुर स्थित लेजेण्ड फुटसल ग्राउण्डमा जारी प्रतियोगिता सनिवार सम्म चल्ने छ । यसैबिच बिहीवार भएको उद्घाटन खेलमा तुलसिपुर नगर जेसिज लाई ३ का बिरुद्ध ७ गोल अन्तर ले पराजित गर्दै पब्लिक ज्ञान ज्योती स्कुल तुलसिपुर ले बिजयी सुरुवात गरेको छ ! खेल लिग प्रणाली का आधारमा खेलाएको छ !
प्रतियोगितामा बिजेता टिमले तरुण कप,खसि तथा प्रमाणपत्र र उपबिजेता टिम लाई कप तथा प्रमाणपत्र प्रदान गरिने आयोजक तरुण दल तुलसीपुर ५ का अध्यक्ष सुनिल डागिले जानकारी दिनुभयो । प्रतियोगितामा ४ टिम को सहभागिता रहेको छ !
यसअघि तरुण दल तुलसीपुर ५ ले प्रथम र दोस्रो तरुण कप फुटबल प्रतियोगिता भब्य रुपले सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस