रौतहट प्रहरी हिरासतमा फेरि एक महिलाको मृत्यु

रौतहट । रौतहटको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउतको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी भरत श्रेष्ठले पुष्टि गरे ।

श्रीमानले राधिकालाई एक पुरुषसँग शौचालयमा अनैतिक सम्बन्ध राख्दै गर्दा देखेपछि बुधबार साँझ वडाअध्यक्ष अशोककुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए ।

डीएसपी श्रेष्ठका अनुसार यद्यपी राउतको के कारणले मृत्यु भयो भन्ने अनुसन्धान भइरहेको छ । मृतक राधिकाले आफू छारे रोगको बिरामी भएको प्रहरीलाई जानकारी गराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस