अपरेटर भिजन कर्पोरेसन नेपालको मेसिन पुग्यो अबरुद्ध बाटो खोल्न (भिडियो सहित)

काठमाडौं । सिन्धुली जिल्ला कमलामाइ नगरपालिका हुँदै तिनपाटन गाउपालिका जोड्ने मेनरोड सहरे र तिनतले मा अबरुद्ध भयको बाटो सुचारु गर्नका लागि अपरेटर भिजन कर्पोरेसन नेपालको केन्द्रिय उपाध्यक्ष तथा सिन्धुली जिल्ला अध्यक्ष सन्तोस श्रेष्ठ र जिल्ला शाखा सिन्धुलीको सचिब महेस श्रेष्ठ दुबै जना अपरेटर भिजन कर्पोरेसन नेपालको डोजर लिएर तनाव ग्रस्त क्षेत्रमा पुग्नु भयको अपरेटर्स भिजन कर्पोरेसन नेपाल जिल्ला शाखा सिन्धुलिले जानाकारी दिएको छ।
अपरेटर्स भिजन कर्पोरेसन नेपाल डोजर चलाउने अपरेटर हरुको हरेक दुखमा साथ दिने हितकारी संस्था भएको र बिकास निर्माणका कार्यमा खटिने सबै अपरेटरलाई एउटै चौतारीमा बस्दै मलाइ पर्दा तिमी अनि तिम्लाइ पर्दा म” भन्ने मुख्य उदेश्यका साथ २०७२ सालबाट यस अभियान चलाउदै आएको र यस बर्ष भने संस्थाले आफ्नै मेसिनले देश बिकाश निर्माण कार्यमा योगदान दिन सुरु गरेको भनि यस संस्थाको स्थापक तथा केन्द्रिय अध्यक्ष टिबी विश्वकर्मा हिमालले बताउनु भयो।
बाढी पहिरो र हावा हुरी जस्ता राष्ट्रिय बिपत्ति परेर बाटो अबरुद्ध हुदा देश र जनताको लागि आबश्यक जस्तो परिस्थितिमा पनि निशुल्क डोजर लगाएर बाटो खोल्ने प्रतिबद्धता साथ अपरेटर भिजन कर्पोरेसन नेपालले विभिन्न ठाउमा चलाएको अभियानमा गाउँपालिका र नगरपालिका मेयर वडा अध्यक्ष लगायत हरेक जिल्लाको स्थानिय अधिकारी लयायत विशिष्ट ब्यक्तित्वहरुले एउटा ऐतिहासिक कमको सुरुवात गरेको र समग्र टिमलाइ अझ राम्रो गर्दै जान आफू बाट हुने सबै सहयोग गर्ने भन्दै बधाई र शुभकामनाको ओइरो लाग्दा अपरेटर भिजन कर्पोरेसन नेपालका समग्र टिम एकदमै खुशी हुदै नेपालयन खबरलाई जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस