बिपरितहरूको एकता र संघर्ष अनि महोत्तरी

काठमाडौं । “द्वन्द्वात्मक भौतिकवाद”को सिद्धान्तले, मार्क्सवादीलाई उसको सहि मार्गबाट कहिल्यै चिप्लन दिंदैन – लेनिन
लेनिनको यो भनाईले सधैं मलाई घचघचाई रह्यो। “द्वन्द्वात्मक भौतिकवाद”को त्यो गहिरो झिलहरूमा गोता लगाउने प्रेरणा दिलाई नै रह्यो।

हो, म त्यो झिलहरूमा धेरै बेर पौडिएको छु, धेरै पटक डुबुल्की मारेको छु। त्यसका प्रत्येक बुँदहरूलाई चाख्ने र त्यसभित्र क्रान्तिको रंग भर्ने चेष्टा गरेको छु।त्यति मात्र हैन, त्यसका मूल्य र मान्यताका बिम्बहरूलाई कम्युनिष्ट दृष्टिले नियाल्ने र स्पर्श गर्ने कोसिस पनि गरेको छु।

म प्रयोगलाई बढि प्राथमिकता दिन्छु र प्रयोग पछिको परिणामले ज्ञानमा बिद्यता थप्छ भन्ने, मान्यता राख्दछु।त्यसैले, “द्वन्द्वात्मक भौतिकवाद” मेरो रूचिको बिषय बनेको छ, र यसको ३ सिद्धान्त मध्ये एक,-“बिपरितहरूको एकता र संघर्षक‍ो नियम” मेरो लागि जीवन्त साबित भएको छ।

के भन्छ त,”बिपरितहरूको एकता र संघर्षको नियम” ले?
जुनसुकै- वस्तु, समाज र चिन्तनमा निरन्तर द्वन्द्व हुन्छ र त्यस द्वन्द्वले नयाँ गति, नयाँ बिकास र नयाँ वस्तुको जन्म गराउँदछ र त्यो अघिल्लो भन्दा नयाँ रूपमा, नयाँ जोशमा र नयाँ सोंचमा उदाएको हुन्छ। यसबाट के प्रष्टिन्छ भने,- प्रत्येक सम्बन्धमा, प्रत्येक प्रक्रियामा, प्रत्येक विचारमा, प्रत्येक चिन्तनमा प्रतिपक्ष रहन्छ अनि त्यो दुबैको संघर्षबाट नै नयाँ सोच, नयाँ गति, नयाँ तत्वको जन्म हुन्छ।

यसर्थ, यस सिद्धान्तमा पक्ष र प्रतिपक्ष एक अर्काका परिपुरक हुन्छन्। दुबैमा संघर्ष पनि हुन्छ र मेल पनि हुन्छ।
तर, एकले अर्काको अस्तित्वलाई स्वीकार्न नितान्त आबश्यक रहन्छ, किनकी दुबैको कारण गति र विकासले जन्म लिएको हुन्छ। तर, विचारको प्रतिपक्षलाई, चिन्तनको प्रतिपक्षलाई शत्रु ठानी घेराबन्दि गर्न खोज्नु, अति तल्लो श्रेणीको रणनीतिमा ओर्लनु, कदापी “बिपरितहरूको एकता र संघर्षको सिद्धान्त”ले सिकाउँदैन।

तसर्थ बडो दुखको कुरा,- महोत्तरीमा, “बिपरितहरूको एकता र संघर्षको नियमलाई” केन्द्रियताको नाममा, महोत्तरीका CCM कमरेडहरूले ठाडो उपेक्षा गरेको देखिन्छ। यद्यपि महोत्तरीको प्रदेश सदस्य कमरेडहरूले असोज ९ गते, जिल्ला सचिव एवं प्रदेश सदस्य कमरेड सौकिलाल यादबज्यूको अध्यक्षाता पार्टिको हित हेतु बैठक बसि निम्न ३ बुँदाहरूको पालना गर्दै अघि बढ्ने, सर्वसम्मत निस्कर्ष निकाल्यो-

१) नीति, नियम र बिधिमा रहि पार्टिलाई गति दिने।
२) बाँकी रहेका अधुरा कमिटीहरूलाई नियम, नीति, विधि
र बिधानमा रहि छिटो भन्दा छिटो पूर्णता दिलाउन
सबैले जिम्मेबार बनी, आ-आफ्नो भूमिका बहन
गर्ने।
३) पार्टि हितको निम्ति सधैं लागि पर्ने।

धन्यबाद!
लालसलाम!

प्रतिक्रिया दिनुहोस