सभापति देउवाका निर्णय विरुद्ध विरोधपत्र दर्ता गराउदैं पौडेल समूह

काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय सच्याउन माग गर्दै आज विरोधपत्र दर्ता गर्ने भएको छ ।

विरोधपत्र दर्ताका लागि पैडेल समुहले कृष्णप्रसाद सिटौला समूहलाई समेत समर्थन मागेको थियो । तर सिटौला समुहको समर्थन भएन । दुई समुहबीचको वार्ता नमिलेपछि हिजो आइतबार अन्तिम चरणमा आएर विरोध पत्र दर्ताको कार्यक्रम स्थगित भएको थियो ।

आज पौडेल समूहका २७ नेताद्वार हस्ताक्षरित विरोधपत्र दिउँसो १ बजेपछि पार्टी कार्यालय सानेपामा दर्ता गरिने पौडेल समूह केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिनुभयो ।

सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तारका काम विधान मिचेरै आफूखुसी गरेको भन्दै पछिल्लो समयमा गरिएका निर्णय सच्याउनुपर्ने माग पौडेल समूहको थियो ।

शनिबार काठमाडौँको बसुन्धरामा सम्पन्न पौडेल समूहको भेलाले सभापति देउवलाई पछिल्ला निर्णय सच्याउन दबाबका लागि विरोधपत्र दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस