दाङ । एउटै तहको सिकाइ कक्षालाई विद्यार्थी संख्या बढि भएर खण्ड(section) बनाउनु फरक कुरा हो तर बढि अंक ल्याएकै भरमा उसलाई ए खण्ड(A section) र कम अंक ल्याउनेलाई क्रमस बि,सि,डि,खण्ड( B,C,D section)मा अध्ययन गर्न बाध्य बनाउने प्रणालीको जबरजस्ती अन्त्य गरिनु पर्छ। कुनै नयाँ शिक्षक वा अध्यापक कुनै शैक्षिक संस्थामा अध्यापन गराउन जादा उसलाई A section मा नभइ C र D section का विद्यार्थीमा परिक्षणको लागी पढाइन्छ । राम्रो भनिएको A section मा कथित राम्रो भनिएका शिक्षक वा अध्यापक बाट शिक्षित गराइन्छ भने राम्रो अंक ल्याउने,र कम अंक ल्याउने कमजोर भनिएका विद्यार्थीलाई एउटै कक्षामा अध्ययन गर्ने वातावरणको पुर्ण अन्त्य हुन्छ। यो प्रणालीले वर्गीय असमान शिक्षा भित्रको अर्को मनोबैज्ञानिक वर्ग सृजनालाई सहयोग गरेको पाईन्छ । के यो प्रणाली ठिक छ???
उत्तर – ठिक छैन, जसरी समाजको उच्च वर्ग र सर्वहारा वर्गका विद्यार्थी संगै वसेर अध्ययन गर्ने वातावरण छैन त्यसै गरी एउटै विषय,तह, एउटै शुल्क तिरेर पनि समान स्तरको शिक्षा पाईदैन। शैक्षिक संस्थालाई पैसा कमाउनु छ विद्यार्थी र अभिभावकलाई जसरी पनि प्रमाणपत्र !!!!! यस चिन्तनको विरुद्ध राम्रो अंक ल्याउने विद्यार्थीहरु जाग्न जरुरी छ, कुनै विद्यार्थी साथी कमजोर छ भने त्यस विद्यार्थीलाई राम्रो बनाउनु उसको पनि भुमिका हुन आउछ। त्यसैलाई कक्षामा प्रथम हुने विद्यार्थी सि,डि खण्ड( C,D section) मा गई कम अंक ल्याउने विद्यार्थी संग अध्ययन गरि आफुलाई प्रमाणित गर्न जरुरी छ। जव शिक्षा क्षेत्र नै असमानताको जड बन्छ,त्यसको विरुद्धमा आवाज उढाउनु हमी सवैको दायित्व बन्छ।