काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मीक मन्त्रीपरिषद बैठक मध्यान्ह्यको लागी बालुवाटार डाक्नु भएको छ ।
मध्यान्ह्यको लागी बोलाईएको बैठकको कुनै एजेण्डा बारे खुलाईएको छैन । आज बस्ने बैठक अपरझट राती मन्त्रीहरुलाई जानकारी गराइएको स्रोत बताएको छ ।
सामान्यतया मन्त्रिपरिषदको बैठक सोमबार बस्ने गरेको छ । यदि सोमबारको छलफल नसकिएकोमा बिहिबार बस्ने गरेको थियो । तर आज बोलाइएको बैठक बारे भने मन्त्रिहरु पनि जानकार छैनन् ।