सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-४, ग्वाल्टारमा स्काभेटर दुर्घटना भएको छ ।शनिबार बाटो खन्ने क्रममा दुर्घटना हुँदा स्थानीय लालबहादुर भुजेलको गोठमा क्षति पुगेको छ ।
गोठ पूर्ण रूपमा काम नलाग्ने भएको छ । बाच्छो र बाख्रा च्यापिएको थियो ।स्थानीयले च्यापिएका बाख्रा र बाच्छो सकुशल निकालेको स्थानीय गौरब कार्कीले बताए ।
बाटो फराकिलो बनाउने क्रममा स्काभेटर दुर्घटना भएको थियो ।