बसन्त थापाको ‘माया हाँसेको’ मा दुर्गेश र लोसिना (भिडियोसहित)

काठमाडौं । चर्चित गाएक तथा संगितकार बसन्त थापा र शान्ति श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरि गीत ‘माया हासेको’ गीत सार्वजनिक भए लगतैं दर्शकले अत्याधिक रुचाएका छन् ।

प्रल्हाद सुबेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतको अडियो पहिले नै सार्वजनिक भइ सकेको थियो। अडियोलाई श्रोताले राम्रो प्रतिक्रिया दिए पश्चात भिडियो निर्माण गरिएको हो । माया हाँसेको गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ।

पछिल्लो समय मौलिक गीत प्रति दर्शक श्रोताको रोजाई बढि देखीएकोले मौलिकता झल्कने गरि शव्द संगीत तथा भिडियो निर्माण गरेको गीतकार प्रल्हाद सुबेदीको भनाई छ ।

शिब बिकले निर्देशन गरेको भिडियोमा पछिल्लो समयका चर्चित गाएक तथा मोडल दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गर्नुभएको हो ।  भिडियो प्रल्हाद सुबेदीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

‘माया हाँसेको, कत्ति राम्रो देखीयो माया हाँसेको, त्यहि हाँसोले हो मेरो निद्रा मासेकोे’  भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस