मुम्बई । बलिउडका दिग्गज फिल्म निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले यौन शोषणको आरोप लगाएपछि कंगना रनावत आक्रामक भएकी छन् ।
पायललाई समर्थन गर्दै कंगनाले अनुरागको पुरानो भिडियो शेयर गरेकी छन् । त्यस भिडियोमा अनुरागले विद्यालय पढ्दा एक बालकलाई यौन दुर्व्यवहार गरेको बताएका थिए । आफूमाथि बालखैमा यौन शोषण भएकाले आफूले पनि त्यसै गर्नुपर्ने सोच आएको उनले त्यसमा बताएका छन् ।
पायलले अनुरागविरुद्ध ओशिवारा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । अनुरागले चाहिँ पायलको आरोप झूटो भएको बताउँदै आफ्नो छवि धमिल्याउने कोशिश गरिएको बताएका छन् ।
कंगनाले ट्वीट गर्दै लेखिन्, ‘मैले भावनामा खेल्ने गिद्ध र आत्महत्या ग्याङका बारेमा बोलेकी छु । तिनीहरूले सुशान्तको ज्यान लिए अनि मलाई पनि आत्महत्या गर्न उक्साए । धेरैजनाले मलाई सोधेका छन्, तिनीहरू किन त्यसो गरिरहेका हुन् ?’
कंगनाले अर्को ट्वीट लेखिन्, ‘अनुराग कश्यपको कुरा सुन्नुस् । सानो बच्चालाई दुर्व्यवहार गरेको उनी बताइरहेका छन् । अरूलाइै सताउनु नै समस्याको हल हो भन्ने यस्ता मानिसको सोच रहन्छ ।’
https://twitter.com/KanganaTeam?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1308435053693689858%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fwww.indiatvnews.com%2Fentertainment%2Fcelebrities%2Fkangana-ranaut-shares-old-video-of-anurag-kashyap-amid-harassment-allegations-talking-about-abusing-a-kid-651452