सक्रिय संक्रमित २५ हजार पुगे फेरि लकडाउन हुने

काठमाडौं । देशमा सक्रिय संक्रमित को संख्या २५ हजार पुगे फेरि लकडाउन (बन्दाबन्दी) हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम आईसीएस को आज बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन (बन्दाबन्दी) गर्न सिफारिस गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस