थप १ हजार १ सय ७२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका ९, ताप्लेजुङका १, तेह्रथुमका १, पाँचथरका २, मोरङका ४४, संखुवासभाका १, सुनसरीका ३७, धनुषाका ३, बाराका ४, महोत्तरीका १, रौतहटका २, सप्तरीका १२, सर्लाहीका २१, सिरहाका ११, काठमाडौँका ४९२, काभ्रेका १०, चितवनका १, धादिङका १४, नुवाकोटका २, भक्तपुरका ९५, मकवानपुरका १६, ललितपुरका ५०, कास्कीका २२, गोरखाका ५ र तनहुँका ६ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नवलपरासीपूर्वका १०, पर्वतका १, म्याग्दीका १, लमजुङका ५, बागलुङका २, स्याङजाका ५, कपिलवस्तुका ६, गुल्मीका २८, दाङका २, नवलपरासीका ५, पाल्पाका १३, प्यूठानका ५, बर्दियाका १९, बाँकेका ३०, रुपन्देहीका ६७, सुर्खेतका ४९, अछामका २२, कञ्चनपुरका ३, कैलालीका १४, डोटीका १७, दार्चुलाका २, बझाङका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार बुधबार १ हजार ८ सय ९३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ। हाल ७ हजार १ सय ४ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २२० जनाको आईसीयुमा र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस