तुलसीपुर देखी दमारगाँउ सम्मको भाडा दर घट्यो

दाङ/तुलसीपुर । बुधबार देखि लागु हुने गरी तुलसीपुर देखी दमारगाँउ सम्मको भाडा दर घटेको छ । गाडी समीति र गाडीधनी बिचको छलफल अनुरुप यस्तो निर्णय गरिएको हो ।

तुलसीपुर देखि दमारगाँउ सम्म चल्ने लोकल बस तथा म्याजिकको भाडादर घटाईएको हो ।

अव तुलसीपुर देखि रझेना सम्मका लागी यात्रुहरुले रु २५ तिर्नुुपर्ने छ । कौवापुर सम्मका लागी रु ३०, उरहरि सम्मका लागी रु ३५,सितलपुर सम्मका लागी रु ४०, बखरिया सम्मका लागी रु ४५, तल्लोलेख सम्मका लागी रु ५०,लेख सम्मका लागी रु ५५ र दमारगाँउ सम्मका लागी भने रु ६० भाडादर निर्धारण गरिएको छ ।

यसरी तुलसीपुर देखी दक्षिण तर्फ दमारगाँउ सम्मको भाडादरमा कमि आउदा यात्रुहरु लाई सुबिधा हुने समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस