तुलसीपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

दाङ/तुलसीपुर ।तुलसीपुरमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत हुनेमा ७ महिने शिशु देखि ६१ वर्षिया महिला सम्मका रहेका छन् ।

तुलसीपुर उपमहानगरपालीका २ बालापुर माबिको क्वारिन्टीनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको हो । भने बाकीँ १३ जना कन्ट्याक्ट ट्रेसिङ मा परेका हुन् ।

गत शुक्रबार ८४ जनाको स्वाव संकलन गरिएकोमा २१ जनामा कोरोना पुष्टि भएको हो । जसमा १३ पुरुष र ८ महिला रहेका छन् ।
संक्रमित हुनेहरु तुलसीपुर उपमहानगरपालीका वडा नं ०१ का ४ वर्षका बालक ,२४ वर्षिय पुरुष र २३ वर्षिया महिला हुन् । वडा नं ०२ का २५,३१ पुरुष र ६१ वर्षिया महिला हुन् । वडा नं ०३ का ५८ वर्षिय पुरुष ,७ वर्षिया बालीका र १४,२५ वर्षिया महिला हुन् । वडा नं ०५ का ५०,२२,२५ वर्षिय पुरुष र २५, २७ वर्षिय महिला हुन् । वडा नं ६ का भने २८,१२,३१ वर्षिय पुरुषहरु मात्र संक्रमित भेटिएका हुन् ।
वडा नं ०८ का २९ वर्षिय पुरुष र १० वर्षिय बालीका रहेका छन् भने वडा नं ११ मा ७ महिने शिशुमा समेत कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरु तुलसीपुर उपमहानगरपालीकामा कार्यरत ३ जना कर्मचारी ,वल्र्ड लिंकमा कार्यरत ३ जना कर्मचारी,क्वारिन्टीनका ८ जना र अन्य संक्रमीतको घरपरिवारको कन्ट्याक्ट ट्रेसिङमा परेका ७ जना रहेका छन् ।

तुलसीपुरमा नयाँ थप २१ जना संक्रमित थपिए संगै कुल संक्रमितको संख्या २०१ पुगेको छ । भने सक्रीय संक्रमीतको संख्या ५६ रहेको तुलसीपुरका फोकल पर्सन बिमल के.सी.ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस