दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको साततले झरनामा रमाउँदै आन्तरिक पर्यटक । करिब एक महिनादेखि सो झर्ना अवलोकन गर्न जानेहरुको संख्यामा बृद्धि भएको छ । उक्त झरना अवलोकन गर्नका लागि दैनिक २०० देखि ५०० जनासम्म आउने गरेको पर्यटन विकास समितिले जानकारी दिएको छ ।