मुख्यमन्त्री शाहीकाे घाँटीमा कोरोना जन्तर, भ्रम फैलाएको भन्दै आलोचना

काठमाडौं । कोरोना भाइरसबाट बच्न भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘कोरोना जन्तर’ लगाएका छन् । कालिकोट, जुम्ला, मुगु र हुम्लाको ११ दिने भ्रमणका क्रममा उनले घाँटीमा कोरोना जन्तर लगाएका हुन् ।

मुख्यमन्त्री शाहीको सचिवालयले पनि यो कुरा पुष्टि गरेको छ कि उनले घाँटीमा भिरेको कार्ड ‘कोरोना ब्लकर’ थियो ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही स्थायी कमिटी सदस्यले घातक भाइरसबाट बच्न कोरोना जन्तर लगाएको बताएका थिए । उक्त ब्लकर कार्डप्रति स्वास्थ्य मन्त्रालयले आपत्ती जनाएको थियो ।

कर्णालीका मुख्यमन्त्रीले त्यसैगरी कोरोना ब्लकर भनिएको कार्ड लगाएपछि उनको चौतर्फी आलोचना भएको छ । मुख्यमन्त्रीबाटै जनमानसमा भ्रम फैलाउने काम भएको भन्दै जनस्वास्थ्यविज्ञले आलोचना गरेका हुन्।

यति मात्र होइन, कतिपयले त मुख्यमन्त्रीले कोरोना जन्तरको विज्ञापन गरेको आरोपसमेत लगाएका छन् । यस्तो कार्ड लगाउँदा कोरोनाबाट बच्न नसकिने बरु मुटु, फोक्सो र कलेजोमा असर पर्ने विशेषज्ञ चिकित्सकहरूले बताउँदै आएका छन् ।

स्रोत शिलापत्र

प्रतिक्रिया दिनुहोस