निजगढ नगरपालिकाद्वारा करोड मुल्य बराबरको अवैध ढुङ्गा जफत

बारा । बाराको निजगढ नगरपालिकाले निजगढका विभिन्न स्थानमा थुपारेका लाखौं मूल्यको अवैध ढुंगालाई जफत गरेको छ ।

निषेधित अवधिमा खोला बगरमा प्रवेश गरी संकलन गरेको करिव एक करोड रुपैयाँ मुल्य बराबरको अवैध ढुङ्गा निजगढ नगरपालिकाले जफत गरेको हो ।

नगरपालिकाले बकैया र धन्सार खोलाबाट दुई दिनयता सो मुल्य बराबरको अवैध ढुङ्गा जफत गरेको हो ।

प्रचलित कानुन अनुसार हरेक वर्ष वर्षा यामको असार देखि भदौ सम्म ३ महिना खोला बगरमा प्रवेश गर्न रोक लगाएको छ तर कानुन उल्लघन गर्दै बकैया र धन्सार खोलाको बगरबाट अवैध ढुङ्गा संकलन गरैका कारण नगरपालिकाले जफत गरेको जनाएको छ ।

कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १, ४, ९ र १० बकैया खोला र धन्सार खोलाबाट संकलन गरिएको ४ लाख ८७ हजार ३ सय ७३ दशमलव ७९ घनफिट ढुङ्गा जफत गरेको निजगढ नगरपालिकाले जनाएको छ ।

निजगढ नगरपालिकाले उक्त ढुङ्गा निलाम गर्ने जनाएको छ । निजगढ नगरपालिकाको अनुसार प्रति घन फिट ७.९१ रुपैयाँमा राजस्व संकलन भईरहेको सो ढुङ्गाको न्युन्तम मुल्य ३८ लाख ५५ हजार १ सय २३ रुपैया हुन आउछ र यहि रकमलाई न्युनतम रकम कायम गरि निलाम प्रर्कियामा जाने नगरपालिकाको तयारी रहेको छ ।

दुई दिन यता जफत भएको ढुङ्गा करिब १ हजार २६ टिपर बराबर रहेको सोको प्रचलित बजार मुल्य न्युनतम करिव १ करोड रुपैयाँ हुने बताईएको छ ।

प्राविधिक कर्मचारी सहिँतको टोलीले घाटगद्दि स्थानमानै पुगेर नापचाँच र चिन्ह लगाएर सम्बन्धित वडाका वडा अध्यक्षको रोहबरमा मुचुल्का बनाइ ढुङ्गा जफत गरिएको हो ।

हामीले खोला बगरबाट अवैध रुपमा उत्खनन गरेर घाटगद्दि गरिएको भन्ने समाचार प्रशारण गरे पछि नगरकार्यपालिका बैठकको निर्णय अनुसार ढुङ्गा जफत गरिएको हो ।

प्रचलित कानुन अनुसार हरेक वर्ष वर्षा यामको असार देखि भदौ सम्म ३ महिना खोला बगरमा प्रवेश गर्न रोक लगाएको छ । तर , कानुन उल्लघन गर्दै बकैया र धन्सार खोलाको बगरबाट उक्त अवधिमा ठुलो परिमाणको ढुङ्गा उत्खनन भएको थियो ।

बन्दका बेला मंहगो मूल्यमा ढुंगा बिक्री गरि रकम कमाउँने उद्देश्यका साथ सो ढुंगा अवैध रुपमा संकलनगर्ने गरेको पाईएको छ । स्थानीय केही टेक्टरधनीले सो ढुंगा बिरगंज , सिमरा , जीतपुर , कलैया , डुमरवाना र निजगढ बजार क्षेत्रका व्यापारी मार्फत बिक्री गर्न अग्रिम भुक्तानी लिएर खोला बगरबाट निकालेर ढुङ्गा स्टक गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस