हिम्मत छ भने पद त्यागेर कालो दिवस मनाउने गर – नेता मंडल

काठमाडौं । सार्वजनिक पदमा बसेर संविधान अनुसार तलब खानेहरुले संविधानको बिरोध गर्नु राज्य द्रोह हो । हिम्मत भए पद त्याग गर अनि बिरोधको धुर्की लगाउनु ।अब बरु ठग्ने नयाँ मुदा खोज । मधेशी जनताको जायज माग र असन्तुष्टि पूरा गर सरकार।।
मधेशीवादी दलले संविधान स्वीकार गरेको प्रमाणहरु….
१. संविधान स्वीकार गरी निर्वाचनमा भाग लिएको ।
२. जितेर संसदभित्र संविधान अनुसार सपथ ग्रहण गरेको ।
३. संसदभित्र प्रम, राष्ट्रपति, उपराष्ट्रपनि निर्वाचनमा भाग लिई मतदान गरेको ।
४. संविधान अनुसार प्रतिपक्षको कुर्सीमा बसेको ।
५. संविधान अनुसार सांसदको पदको तलव भत्ता र सेवा लिएको
६. संविधान अनुसार आ आफना क्षेत्रमा बजेट लगेको ।
७. प्रदेश २ मा सरकार बनाएको ।
८. स्थानीय निर्वाचनमा भाग लिएर चुनाव जितेको ।
९. संविधान अनुसार दलदर्ता र एकिकरण गर्न प्रयास गरेको ।
१०. संविधान अनुसार कोही सरकारमा मन्त्री बनेको ।
११. पहिले संविधानको विरोध, अहिले आंशिक स्वीकार गरेको
१२. हिजो सम्म कालो दिवस, आज विरोध दिवस मनाउने मधेसी दलको नेता होईन मधेसी नाममा ठुलो दलाल हो चुनाव आउँदा कालो दिवस नत्र उज्यालो दिवस मनाउने पनि मधेसीवादीदलको नेताहरु चाल हो म मिथिला बासी सङ अनुरोध गर्दा छु कि भनु तपाईं मधेसी दलको नेता लाई आफ्नो सता छोडेर आउनुहोस् अनि मनाउनु होला कालो दिन । अनि वीर सहिदको परिवार सङ गर्नु भएको वचन कहिले पुरा गर्नुहुन्छ झूट आश्वासन दिएर जनता लाई ठग्ने काम बन्द गर्नु होस् ।सार्वजनिक पदमा बसेर संविधान अनुसार तलब खानेहरुले संविधानको बिरोध गर्नु राज्य द्रोह हो । हिम्मत भए पद त्याग गर अनि बिरोधको धुर्की लगाउनु ।

प्रतिक्रिया दिनुहोस