अपरेटर भिके दोभानको महानता पुजाको दिन रक्सी मासु र मनोरञ्जनको खर्च  दुर्घटनामा परेर मृतु भएको अपरेटर परिवार लाई सहयोग पठाए

एक्सावेटर अपरेटर  भि.के दोभानले २०७७ सालको विश्वकर्मा पुजाको अवसरमा एक सुन्दर लेख आफ्नो फेस्बूक बाट सार्वजनिक गर्दै पुजाको महत्त्व बारे प्रष्ट विचार राखेका छ्न।  आफुले नरिवल मात्रै फोरेर पुजा गरि केरा स्याउ प्रसाद खाएर रक्सी मासुमा खर्च हुने पैसा हरेक वर्ष आफू जस्तै डोजर चलाउने अपरेटर जो भिर पाखामा काम गर्दा गर्दै आकस्मिक  दुर्घटनामा परेर मृतु भएको छ त्यस्तो अपरेटर परिवार लाई खोजी खोजी सहयोग पठाउने गरेका छ्न।
यस बर्ष पनि त्यस्ता परिवार खोजेर ५००० रुपैया  सहयोग पुर्याइ दिन अपरेटर्स भिजन कर्पोरेशन नेपालको अध्यक्ष टिबी विश्वकर्मा ‘हिमाल’ लाई  अनुरोध गरेका छ्न। भावुक हुँदै आफ्नो फेसबुक मार्फत यस्तो लेखेका छ्न।

पूजामा फूल, अक्षता, अबिर, प्रसाद मात्रै
चढाए पनि हुन्छ। तडक भडक होईन।

       पूजाको दिन झिस्मिसै(बिहान सबेरै) उठेर, काली गंगा नुहाएर, चोखो कपडा फेरेर, काँशको अंखोराभरी गंगा जल ल्याएर पण्डित रुद्रमणी सिग्देल गुरुलाई बोलाएपछि “जसो-जसो पण्डित बाजे उसै-उसै स्वाहा” गरेर सकाए लगत्तै सबैलाई दान दक्षिणा र भोजन खुवाएपछि बल्लै लास्टमा कर्ताले खाना खाएर साँझमा फेरि भजन कृतन गरेर नौवेद बाँडेर अध्धरात पछि आत्म सन्तुष्टिको लामो श्वास फेर्दै सुतेको सम्झन्छु।

        1997को बिश्वकर्मा पूजाको हिजो पल्ट जनक कम्पनी(गुजरात-सुरत)मा पनि धुमधामसँग पूजा गर्ने योजना भएछ। ठूलै कम्पनीको पूरै गाडी मेशिन धोई पखाली गरेर, ग्यारेजलाई पनि सबै हेल्परहरुले सरसफाई  गरे। ओईल्डरहरुले अनेक डिजाईनका फ्रेमहरु बनाएर सिँगार-पटार, ध्वजा पतङगा लगाएर बडेमान्को डेकमा गुजराती भजन घन्काउँदा साँच्चि नै धुमधाम नै लाग्थ्यो।

       सुरत हाजिरा गाउँको सरपञ्च(प्रधानपञ्च) नै कम्पनिका मालिक थिए भनेपछि चानेचुने पण्डित ल्याउँने कुरै भएन। पूजाको मुहूर्त(साईतको समय) हुनै लाग्दा मालिकको VIP गाडीमा मुठ्ठै टुप्पीलाई सिक्का गाँठो पार्दा पनि घाँटी नाघेको, पिओर सेतो ठुटे बाहुलाको भेष्ट र लामै धोती पाटा टाङमुनी घुमाएर पछाडि कम्मरमा अल्जाएका देख्दै खुंखार लाग्ने पण्डित बाजे फुत्त गाडीबाट निस्कँने बित्तिकै सबैले “नमस्कार महाराज !?” भन्दै जम्ले हात जोडे। म पनि तेही जोडें।

      अर्को गाडीमा मालिकका पूरै परिवार ग्यारेजमा उपस्थिति भयो। कम्पनीकै सब भन्दा ठूलो फोरमेन नरेश भाईको जोडी पूजाको कर्ता बनेर तयारी भए। तबसम्म पण्डित बाजेले भईमा रेखिको फूलबुट्टा भरेर दुना टपरी ठाउँ-ठाउँमा राखेपछि पूजा शुरु भयो। नरेश भाईका दम्पत्तीले “जसो-जसो पण्डित बाजे उसै-उसै स्वाहा” गर्दै जाँदा पण्डितले गाईको दूध मागे तर ल्याउनै बिर्सेछन्। तुरन्तै दोकानबाट पोके दूध ल्याएर नरेश भाईलाई दिने बित्तिकै उनले त पोके रौसी लुछे झैं एउटा टुँणो लुछेर मुखमा आएको प्लाष्टिकको टुक्रोलाई तेतै छड्केतिर थुक्दै गिलासमा दुध खन्याएर पण्डितलाइ दिए। पूजामा चढाईने गाईको दुधको सट्टामा भैंसीको दूध ल्याउँदा पनि जुठो भएको कुरा कसैलाई हेक्का भएन। गुजरातमा जुठो-चोखोको केही मतलब हुन्न न्त….!? त्यसैले कसैलाई वास्तै भएन।

        त्यसपछि २०६८ सालतिर हाम्रो कावासोती बजार फिलिम हल चोकतिर काम परेर जाँदा धेरै नै वर्ष पहिले देखेको जनक कम्पनीकै विश्वकर्मा पूजाको झल्को मेटिने गरि डेक बजाएर ग्यारेजलाई झिलिमिली पारेर, हातमा बियरको बोतल लिएर, फिट्टु मातेर नाँच्दै गर्दा मैले रोडबाट हेरि रहेको देखेर बोलाए। आफू पनि तेहि गाडी लाईनमै जिन्दगि बिति रहँदा जान्न भनेर अपमान गर्न नि भएन। ग्यारेज भित्र पस्ने बित्तिकै झ्याप्पै अबिर टीका लाईदिएर बिश्वकर्मा बाबा पूजाको प्रसाद दिए। अनि अर्को भाईले “बत्तलको प्रसाद पनि चल्छ हैन र” भन्दै लरखराउँदै लरबराएको शब्दमा रसिला आँखा झिम्क्याउँदै सोधेका थिए तर मैले जिन्नकीमै नखाको भनेर उम्किने बित्तिकै म त खङरङगै तर्सेर झल्याँस्सै बिउझें। झ्याप्पै निधारको अबिर टीका पुछें। ह्वात्तै पल्लो घरमा पसेर पानी मागेर रामसी अनुहार धोएँ। निधार बेस्मारी माडेर रातो निखारें। आमा बित्नु भएको ५५ दिन नबित्दै झुक्किएर निधारमा रातो टीका लगाएँछु भनेर साह्रै नमज्जा लाग्यो।

         फेरि १० वर्षपछि आज सबै गुरु वर्गहरुको बिश्वकर्मा बाबा पूजाको फोटो र भिडियो हेर्दा “रातो भाले क्वाँएँ-क्वाँएँ, सुत्केरीलाई ख्वाएँ, सुत्केरीलाई झोल मात्रै, चौटा मैले खाएँ” भने झैं महङ्गो खाले रक्सीका कार्टुनका कार्टुन् सिध्याएको देख्दा नजाति लाग्यो। अझ तेहि रक्सी पनि मासुका अनेक परिकारसँग खाँदै गर्दा साथी-साथीमै सामान्य कुरामा बिवाद हुँदा बोतलले नै हाना-हान गर्छन् कि झैं लाग्यो।

       पूजाको दिन नै त हो। दर्जनका दर्जन केरा पनि पाईन्थ्यो। लिटर का लिटर दूध ल्याएर खिर पकाएर खाएको भए पनि त हुन्थ्यो नि ? कार्टुनका कार्टुन त स्याउ, सुन्तला, अंगुर ल्याएर पेट फुटुञ्जी खाएर घद्रक्कै ओछिनाँ लड्या भा नि मस्त निन्द्रा लाग्थ्यो। तर मान्छेको सोच कति फरक हुन्छ है ???

        Himal सर, मेरो बाऊ गरीब र अस्सली कृषक हुनुन्थ्यो। एकसरो बन्दी र पटुका(कछाड) लाएरै आफ्नो जिवनलाई अन्त्य पार्नु भयो रे। उहाँको इतिहास कोट्ट्याउँदा “आफू मात्रै होईन, हामी सबै बाँच्नु पर्छ” भन्ने धारणा भको मान्छे हो भन्छन्। मेरो खानदान नै यस्तै भएर म पनि कञ्जुस् भएँ कि कुन्नि ? मलाई यो ठाउँमा उभ्याउँने असल गुरुको बाध्यताले गर्दा म बिग्रने मौकै पाईन कि ?? हौडिया जड्याहा साथीले खाम् कि खाम् भनेको चिज खाई’न। जाम् कि जाम् भनेको ठाउँमा गई’न। त्यसैले धेरै साथी भाईलाई मेरो घुमाउँरो पाराको अ९ठो बानी मन नपर्न सक्छ। Please i m sorryy.
  1.         प्रायः बिहान काँचो नरिवल नास्ता खाने मेरो बानी नै अचम्मको छ। आज पनि मेशिनको पाईडलमा नरिवल फोडेर खाँदै गर्दा फेसबुक हेरेर बल्ल सम्झें कि आज बिश्वकर्मा पूजा भनेर। अञ्जान् मै पूजा गरि सकेंछु खुशी लाग्यो। यहि मेरो कञ्जुस्याई हो। साथीहरुको किलोको किलो मासु र कार्टुनको कार्टुन बियरको अगाडि मेरो पूजा सामाग्रीमा जम्मा २ रियल यानेकी ६२ रुप्याको नरिवल फोडेर आफ्नो रोजिरोटी मेशिन(Excavator)लाई पूजा गरेर बिश्वकर्मा बाबालाई खुशी गराउँने असफल प्रयास गरेकोमा सजायँ स्वरुप ५हजार रुपैया डोजर अपरेटर संघ नेपालका अध्यक्ष ‘हिमाल’ सरलाई पठाई दिंदै छु। अचानक दूर्घटनामा पर्नु भएको Excavator operatorलाई हस्तान्तरण गरिदिनु होला। मेरो यो थोरै सहयोगले उहाँको लागि तैपनि थै-थाप हुन्छ कि ???
प्रतिक्रिया दिनुहोस