भोलि मध्याह्न १२ बजेभित्र रेल नेपाल आइपुग्ने

काठमाडौं । भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको रेल भोलि जनकपुर आइपुग्ने भएको छ।

जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनमा छ ।

त्यहाँबाट जनकपुर आइपुग्न ४ घण्टा लाग्ने बताइएको छ ।

मध्याह्न १२ बजेसम्ममा आइपुग्ने रेललाई स्वागत गर्न महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली जनकपुर आइपुग्दैछन् ।

रेल परीक्षणका क्रममा जनकपुर आइपुग्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस