दाङ (दंगीशरण) । दंगीशरण गाउँपालिका वडा न. ३ स्थित हेकुली चौकमा यूवाहरु माक्स नलगाई यात्रा गरिरहेको नागरीकहरुलाई माक्स वितरण गरिरहेका थिए । “माक्स प्रयोग गरेर हिड्नुस् है ।” एक यूवाले अटो रोकेर माक्स दिए । अर्को एक जनाले सेनीटाईजर दिए । ६, ७ जना यूवाहरु दुई दिन देखि कोभिड १९ बाट बच्नका लागि माक्सको अनिवार्य प्रयोग गर्नुपर्छ भन्दै बाटोमा हिड्ने नागरीकहरुलाई सचेत पार्दै थिए । पैदल यात्रीहरु संगसगैँ गाडिमा सवार कोहि नागरीकहरुलाई उनीहरुले छोडेनन् । “भोलीका दिनमा माक्स प्रयोग नगरेको देखेमा जरीवाना तिराउँछौँ ।” उनीहरुले यसरी नागरीकहरुलाई सचेत पार्दै थिए । यात्रीहरु “हस् हजुर” भन्दै फिस्स हास्थे र माक्स लगाएर अगाडि बढ्थे । यो दृश्यले यो समाजका लागि यो राष्ट्रका लागि साच्चाीकै यूवाहरुको आवश्यक छ जस्तो अनुभव गराईरहेको थियो । नागरीकहरु “धन्यवाद छ ” भन्दै सिर निहुराएर माक्स लगार्ई अगाडि बढ्थे ।
दंगीशरण ३ एकलीका बबई चिरागार दोभान युवा क्लवका यूवाहरुले कोभिड १९ को सन्दर्भमा कोभिड बाट शुरक्षीत रहनका लागि निःशुल्क माक्स वितरण कार्यलाई अगाडि बढाएका छन् । घरमा बसौँ शुरक्षीत रहौँ, भिडभाडमा जादा अनीवार्य माक्सको प्रयोग गरौँ भन्ने नारा सहित यूवाहरुले यो अभियानलाई अगाडि बढाएका हुन् । केहि माक्स क्लव र केहि माक्स र सेनिटाईजर हिरा डांगी फाउण्डेशनले सहयोग गरेको क्लवका अध्यक्ष होम बहादुर के.सी.ले जानकारी दिए । समुदाय स्तरमा कोरोना भित्रीसकेकाले यो अभियानको सुरुवात गरेको क्लवका ससचिव अर्जुन देवकोटाले बताए । उपाध्यक्ष सुनिल थापा कोषध्यक्ष ध्रुव डाँगी लगाएतका क्लवका यूवाहरु आफै वडाको गाउँ,टोल र चौकहरुमा खटिएर माक्स वितरण कार्यलाई जारी राखेका छन् ।