तर बिहीबार मात्रै राष्ट्रपति कार्यालयले गौतमलाई राष्ट्रियसभामा मनोनित गरेको पुष्टि गरेको हो । गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस शितल निवास पठाएको थियो। सोहीअनुसार बुधबार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोनित गरेकी थिइन् ।
राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली थियो । भदौ १८ गते बसेको नेकपाको सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । वामदेव २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएपनि सांसद बन्ने अवसर पाएका हुन् ।
यसैबीच राष्ट्रियसभा सचिवालयबाट आफूलाई तयार रहन भन्दै टेलिफोन आएको गौतमले बताएका छन् । वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीले राष्ट्रपति मनोनित गरेको जानकारी गराउनेवित्तिकै राष्ट्रियसभाबाट गौतमलाई बैठकका लागि तयार रहन खबर आएको बताएका हुन् । सपथ कार्यक्रम बिहीबार नै हुने भएको छ,गौतमको निजी सचिवालयलेसमेत शपथका लागि तयारी अवस्थामा रहन भर्खरै खबर आएको जानकारी दिएको छ।