चट्याङ पिडितलाई मेयर साहको सहयोग

काठमाडौं । विगतदेखि नै समाजिक कार्यमा सक्रिय रहेका युवा नेता सन्जिब साहले अाफ्नो नगरबासीलाई परेको दुखमा सँगै रहेर मलमपट्टी लगाउनु भएको छ।
मेयर साह उनले भने, –“अनलाईनमा उहाँको बारेमा समाचार पढे, उहाँको अवस्था बारे जानकारी पाए र सोचे यस्ता परिवारलाई सहयोगको खाँचो औल्याउँदै सहयोग लिएर उनको घरमै पुगे ।”

सहयोग लिएर पुगेपछि त्यहाँ स्थानीयहरुले मेयर साहलाई प्रशँसा र आशिर्वाद दिएका थिए । बुढापाखाहरुले चौधरी परिवारलाई कसैले नहेरेको अवस्थामा मेयर अाफैले सहयोग गरेपछि उनको लागि भगवान बनेर आएको पनि प्रतिक्रिया दिएका थिए ।

प्रदान गरिएको सहयोगबाट चौधरी परिवार लामो समयसम्म नपुग्ला तर केहि हदसम्म भने पुग्नेछ नपुगे फेरि पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। सो क्रममा खाद्यान्न लिँदै चौधरी परिवारले सहयोगकर्ता मेयर साहलाई आभार प्रकट गर्दै खुसीले गदगद भएको देखिए ।

त्यहाँ जम्मा भएका एक बृद्धले भने, –“आजसम्म कोही पनि नेताहरु सहयोग गर्न आएनन्, सबै जना भोट नै माग्न आए, यसरी सहयोग गर्न मेयर मात्रै आएको देखिए । प्रथम पटक कुनै गरिबलाई घरमै आएर सहयोग गरेको देखेर खुसी लागेको छ । तपाईहरुको कल्याण होस् । तपाईहरु धेरै राम्रो काम गर्नुभयो ।”

प्रतिक्रिया दिनुहोस